नेपालका ७१ जिल्लामा ३४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण

0
819
तस्वीर : रासस

काठमाडौं – नेपालका ७१ जिल्लामा ३ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा डा. विकास देबकोटाले आज थप भएको रोल्पामा समेत गरि ७१ जिल्लामा थप २१३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

थपिएका संक्रमितमा २०९ जना पुरूष र ५ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ सय ४८  पुगेको हो । अहिलेसम्म ४६७ जना निको भएर घर फर्किएका छन् ।

अब नेपालमा इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ र रूकम पश्चिम मात्र संक्रमणरहित जिल्ला भएका छन् ।मन्त्रालयका अनुसार आइतबार थपिएकाहरूको समेत विवरण अनुसार अहिलेसम्म २ हजार ९६८ जनाको विभिन्न जिल्लाका अस्पतालमा आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

आइतबारको विवरण अनुसार प्रदेश नम्बर १ का १२ जिल्लामा २ सय ५९ जना संक्रमित भएका छन् । त्यसमध्ये ९१ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ का ८ जिल्लामा १ हजार १६८ जना संक्रमित भएका छन् । त्यसमध्ये १८६ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशका १२ जिल्लामा ९२ जना संक्रमित भएका छन् भने ३२ जना निको भएका छन् । बागमती प्रदेशमा अहिलेसम्म ३ जनाको संक्रमणकै कारण मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशका ९ जिल्लामा १११ जनामा संक्रमण देखिएको छ भने ३ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश ५ का सबै १२ जिल्लामा १ हजार ८१ जनामा संक्रमण देखिएकोमा १ सय ३३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । प्रदेश ५ मा अहिलेसम्म ३ जनाको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको छ । कर्णालीका ९ जिल्लामा ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ९ जना संक्रमणमुक्त भएका छन् ।

सुदुरपश्चिमका ९ जिल्लामा १ सय ११ जनामा संक्रमण देखिएकोमा १३ जना डिस्चार्ज भएका छन् । सुदूरपश्चिमा अहिलेसम्म कोरोनाले २ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here