नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

0
519
तस्वीर : रोयटर्स

जेठ ६, काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

देवकोटाका अनुसार २४ जना पुरुष र ३ जना महिला रहेका छन् । उनका अनुसार झापामा ९, मोरङमा एक, सुनसरीमा १, सर्लाहीमा २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरको १, सिन्धुलीमा १, लमजुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना गरी २७ जना संक्रमित थपिएका हुन् ।

गत २४ घण्टामा २ हजार २ सय ८० वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको उनले जानकारी दिए । यस्तै हालसम्म ३२ हजार ६ सय ४ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा ४ सय ५७ जना आइसोलेनमा रहेका छन् ।

आइसोलेनमा रहेका ४ सय ५७ जना मध्ये २ जनाको मृत्यु भएको  छ भने मुलुकभर २१ हजार ६ सय जना देशभरका क्वारेन्टाइनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here