भुटानी शरणार्थीलाई राहत वितरण

0
542

जेठ ६/

अमेरिका इसाई समाजले झापाको दमक नगरपालिका २ बेलडाँगी भुटानी शरणार्थी शिबिरका १ हजार ६ सय परिवारलाई राहत वितरण गरेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा समस्यामा परेका भुटानी शरणार्थीहरुलाई राहत वितरण गरिएको हो ।

भुटानी शरणार्थीहरुलाई खाद्यान्य समस्या भएपछि ८ हजार केजी चामल, ८ सय केजी दाल, ८ सय केजी तेल, १६ सय पिस साबुन वितरण गरिएको बेलडाँगी इसाई समाजका प्रमुख सल्लाहकार कैलाश थापाले जानकारी गराउनुभयो । लुइज भ्याली क्वानटोकी इसाई समाजको संयोजनमा ओन्स एण्ड माइनर कम्पनीमा कार्यरत कर्मचारीहरु र पास्टर इन्द्र गजमेरलगायतको सहयोगी मनहरुबाट संकलित ७ लाख २१ हजार रुपैयाँ बराबरको राहत खरिद गरी वितरण गरिएको थियो ।

राहत बेलडागी इसाई समाजले बेलडाँगी भुटानी शिबिर विपद ब्यवस्थापन समिति पदाधिकारी र क्याम्पका सचिब कृष्णबहादुर सुब्बालाई हस्तान्तरण गरेको जनाएको छ । लकडाउनको कारण समस्यामा परेका भुटानी शरणार्थीहरुलाई राहत स्वरुपमा पहिलो चरणमा सहयोगीदातामार्फत सहयोग गरिएको र आगामी दिनमा पनि निरन्तर रुपमा विपन्न समूदायलाई राहत वितरण गरिने संस्थाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here