थप ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४५ पुग्यो

७ जना उपचारपछि ठीक

0
844
तस्वीर : रोयटर्स

काठमाडौं – नेपालमा बुधबार पनि थप ३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालका प्रवक्ता डा.विकास देवकोटाका अनुसार बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु २४, ६० र ७२ वर्षका पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित ३ जनाको पनि मोरङको विराटनगरस्थित कोशी अस्पताल उपचार सुरु गरिएको छ ।

बुधबार कोरोनाको संक्रमणको पुष्टि भएका ३ जना पनि यसअघि एकैपटक कोरोना संक्रमण देखिएका १२ जनाको समूहका सदस्य हुन् ।

यसअघि उदयपुरमा बस्दै आएका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । डा देवकोटाका अनुसार हाल संक्रमितको संख्या ४५ पुगेको छ भने उपचारपछि ७ जना ठीक भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here