शरणार्थीका लागि तेस्रो मुलुकका क्रिश्चियन सोसाइटीबाट राहतका लागि आर्थिक सहयोग उपलव्ध

0
517

बैसाख ११/
लामो लकडाउनका कारण समस्या परेका भूटानी शरणार्थीलाई तेस्रो मुलुक पूर्नवास भएका क्रिश्चियन सोसाइटीका भूटानीहरुले राहतका लागि आर्थिक सहयोग पठाएका छन् । लकडाउन कारण समस्या परेका भूटानी शरणार्थीलाई तेस्रो मुलुक पूनर्वास भएका भूटानीहरुले सहयोग गरेका छन् । भूटानी शरणार्थी शिविर वेलडाँगीका पूर्व सचीव टिकाराम रसाईलीको संयोजनमा अष्टे«लिया र अमेरिकामा रहेका क्रिश्चियन चर्च तथा मण्डलीबाट संकलित राहत वितरणका लागि ४ लाख १९ हजार रकम हस्तान्तरण गरिएको शिविर सचीव कृष्ण लिङ्देनले बताउनु भयो । लिङ्देनका अनुसार यो रकमबाट चामाल, दाल, तेल, नुन, साबुन लगायत अतिआवश्यक सामाग्री खरिद गरेर वेलडाँगी शरणार्थी शिविरमा रहेको अनग्रह चर्चका पदाधिकारीको उपस्थितिमा सम्पूर्ण पीडित शरणार्थीलाई चाँडै दोस्रो चरणको राहत वितराण गर्ने बताउनु भयो ।

राहतका लागि सहयोग गरिएको रकम भूटानी शरणर्थी शिविर वेलडाँगीमा रहेको अनुग्रह व्याप्तीस चर्च मार्फत शरणार्थी शिविर व्यवस्थापन समिति वेलडाँगीलाई हस्तान्तरण गरिएको छ । सहयोग रकमले लकडाउनका कारण समस्यामा परेका शरणार्थीलाई आवश्यक खाद्य सामाग्री वितरण गरिने चर्चका पास्टर जोनाथन राईले बताउनु भयो ।

सहयोग रकम यस अघि भूटानी शरणार्थी शिविरमा लामो समय सचीव पदको जिम्मेवारीमा रहेर काम गर्नु भएका टिकाराम रसाईलीले अन्य चर्च तथा मण्डलीको सहयोगमा संकलित रकम शरणार्थीका लागि पठाइएको बताउनु भयो । लामो लकडाउनले बाहिर निस्कन समेत नपाएका अपाङ्ग असाहय भूटानी शरणार्थीलाई राहतले निक्कै ठूलो टेवा पुगेको उनीहरुले बताएका छन् ।

शरणार्थी शिविरमा यस अघि जिल्ला प्रशासन कार्यालय झापाको अगुवाई विभिन्न दाताको सहयोगमा प्रति परिवार १० केजी चामाल, दाल, तेल, नुन वितरण गरिएको थियो । लामो लकडाउनका कारण शरणार्थी शिविरमा २ हजार घर परिवारका ६ हजार हाराहारीका शरणार्थीलाई यो रकमबाट वितरण गरिने राहतले थप टेवा पुग्ने उनीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here