कैलाली र रौतहटका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४

0
875

१ बैशाख, काठमाडौं । कैलाली र रौतहटमा सोमबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मलेनमा यस्तो जानकारी दिइएको हो । संक्रमित हुनेमा कैलालीको लम्किचुवा नगरपालीकाकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीया पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । अहिलेसम्म कैलालीमा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १÷१ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसअघि आइतबार वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । त्यसलगत्तै वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here