नेपालमा एक सातासम्मलाई ‘लकडाउन’

0
579

११ चैत्र, काठमाडौँ । आइतबार नेपालमा पनि कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले आजदेखि एक सातासम्मका लागि  ‘लकडाउन’ गरेको छ ।

‘लकडाउन’ भएसँगै आज विहान ६ बजेदेखि १८ गतेसम्म सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। यद्यपी मानिसहरु फट्टफुट्ट घरबाहिर निस्कने क्रम रोकिएको छैन ।

अनुमति प्राप्त, सुरक्षा निकायका र स्वास्थ्यकर्मीका बाहेक अन्य सवारी साधन बन्द भएका छन् । औषधिउपचार, खानेपानीजस्ता अत्यावश्यकबाहेक सबै कार्यालयका कर्मचारीहरुलाई सोमबारदेखि नै कार्यालय नआउन निर्देशन दिइएको थियो ।

आन्तरिक हवाई उडान पनि सरकारले चैत १८ गतेसम्म बन्द गरेको छ। संक्रामक रोग ऐन २०२० अनुसार सरकारको उच्चस्तरीय समितिले निर्देशन दिएअनुसार आदेशको पालना गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले आग्रह गरेका छन् ।

‘लकडाउन’ भएसँगै आन्तरिक यात्रा पनि रोकिएको छ । यसले संक्रमण फैलन सक्ने सम्भावना कम हुने आकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here