मंगलबारदेखि नेपालमा ‘लकडाउन’, एक सातासम्म घरबाहिर निस्कन प्रतिबन्ध

0
934

१० चैत्र, काठमाडौँ । सरकारले मंगलबारदेखि नेपालमा ‘लकडाउन’ गरेको छ ।

‘लकडाउन’ भएसँगै मंगलबार विहान ६ बजेदेखि १८ गतेसम्म सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

अनुमति प्राप्त, सुरक्षा निकायका र स्वास्थ्यकर्मीका बाहेक अन्य सवारी साधन बन्द गर्ने निर्णय पनि गरिएको छ । योसँगै नेपालका ७७ वटै जिल्लामा मंगलबारदेखि एक साताका लागि पूर्णतया: लकडाउन हुने भएको छ ।

औषधिउपचार, खानेपानीजस्ता अत्यावश्यकबाहेक सबै कार्यालयका कर्मचारीहरुलाई सोमबारदेखि कार्यालय नआउन निर्देशन दिइएको छ।

आन्तरिक हवाई उडान पनि सरकारले चैत १८ गतेसम्म बन्द गरेको छ। संक्रामक रोग ऐन २०२० अनुसार सरकारको उच्चस्तरीय समितिले निर्देशन दिएअनुसार आदेशको पालना गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here