फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण, उनीसँगै आउने यात्रुको खोजि

0
636

१० चैत्र, काठमाडौं । फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । १९ वर्षीया युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै चैत्र ४ गते नेपाल आएकी थिइन् ।

कोरोना संक्रमणबारे जानकारी दिदै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । तस्वीरः रासस

उनमा संक्रमण देखिएको पुष्टि भएपछि आइतबारदेखि टेकुस्थिति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

उनीसँगै जहाजमा आएका अरु यात्रुको खोजि सुरु भएको छ भने उनका परिवारका अन्य सदस्यलाई आइसोलेसनमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here