भारत र चीनका सबै सीमानाका एक हप्ताका लागि बन्द गर्ने सरकारको निर्णय

0
401

९ चैत्र, काठमाडौं  । सरकारले भारत र चीनका सबै सीमानाका एक साताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको सम्भावित संक्रमणको जोखिमलाई रोक्न दुवै छिमेकी मुलुका सबै नाका बन्द गर्ने निर्णय गरेको हो।

यो निर्णय सोमबार विहान १० बजेबाट एक साताका लागि कार्यान्वयनमा आउनेछ । बैठकले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामग्री सहज गर्न ५० करोड रुपैया विनियोजन गरेर केन्द्रीय राहत कोष खडा गरेको छ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत बैठकले गरेको छ । सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here