दमक नगरपालीकाका स्वास्थ्य अधिक्रित नगेन्द्र भट्टराईले एक महिनाको घरभाडा नलिने

0
714

दमक चैत १०
कोरोना संक्रमणले आक्रान्त भईरहेका बेला दमक नगरपालीकाका स्वास्थ्य अधिक्रित नगेन्द्र भट्टराईले एक महिनाको घर भाडा छुट गर्ने घोषणा गर्नु भएको छ । दमक १ फाल्गुनन्द चौकमा रहेको आप्mनो घरको एक महिनाको घर भाडा छुट गर्ने उहाँले बताउनु भयो । कोरोनाको संक्रमणले स्वास्थ्य क्षेत्रमा मात्र नभएर आर्थिक क्षेत्रलाई समेत असर गरेको भन्दै उहाँले आप्mनो घरमा बस्नेहरुलाई एक महिना वापदको घरभाडा छुट गर्ने निर्णय गरिएको बताउनु भयो । कोरोनाका कारण पर्न गएको आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको नगरपालीकाका स्वास्थ्य अधिक्रित भट्टराईले बताउनु भयो ।
आफुले एक महिनाको भाडा नलिने भन्दै उहाँले सवै मिलेर कोरोनाबिरुद्ध लडनुपर्ने बताउनुभयो । त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु सबैको कतव्य रहेको भन्दै उहाँले सबैले आ आप्mनो क्षेत्र र ठाउँबाट सकेको सहयोग गर्नु पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here