झापा भद्रपुर १ पृथ्विनगरका बिरामीमा कोरोना नभएको पुष्टि

0
959

दमक चैत ९
झापा भद्रपुरस्थित मेचि अस्पतालको आईसोलेसनमा दुई दिन देखी राखिएका बिरामीको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भद्रपुर नगरपालीका १ पृथ्विनगरका कर्णबहादुर बिकको परिक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला विपद व्यवस्थापन समति झापाका सहायता कार्यक्रम सचिव तथा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागईंले जानकारी दिनुभयो । विकलाई रुघामर्कि लागेको र उच्च ज्वरो आएकोले कोरोनाको आशंकामा भद्रपुरस्थित मेचि अस्पतालको आईसोलेसन कक्षमा राखिएको थियो । विकको नमुना परिक्षणको लागी राजधानीको टेकुस्थित अस्पतालमा पठाईएकोमा आज नेगेटिभ रिपोर्ट आएको फोकल पर्सन चौलागाईंले बताउनु भयो ।
विकलाई मौसामी रुघा मर्कि लागेकोले उपचार पछि अहिले अवस्था सामान्य बन्दै गएको पनि उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here