नेपालमा ‘लक डाउन’, अन्तर्राष्ट्रिय उडान र लामो दूरीका यातायात बन्द

अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द

0
450
देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीरः रासस

७ चैत्र, काठमाडौं । कोरोना भाइरसको जोखिम अतिउच्च भएपछि नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सञ्चालनमा रोक लगाएको छ ।

शुक्रबार साँझ देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घोषणा गरेका हुन् । योसँगै नेपाल अब ‘लकडाउन’को अवस्थामा पुगेको छ ।

१० चैतदेखि अनिश्चितकालसम्म देशभर चल्ने लामो दूरीका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि नेपाल आउने सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गर्ने घोषणा  पनि गरे। यो प्रतिबन्ध तत्काललाई १८ चैतसम्म लागू हुनेछ।

सबै कार्यालय बन्द
यस्तै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द गर्ने घोषणा गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन बन्द गर्ने निर्णय गरिएको पनि जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here