कोरोना भाइरस : युरोपमा ३४ सय भन्दा बढीको मृत्यु

0
447
तस्वीरः एपी

५ चैत्र, काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३४ सय भन्दा बढी पुगेको छ ।

युरोपका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा युरोपका २४ मुलुकमा २४ सय भन्दा बढीको मृत्यु भएको छ ।

मंगलबार साँझसम्म कोरोना भाइरसको संक्रमणबाट ७ हजार ९ सय ८४ जनाको मृत्यु हुँदा सबैभन्दा बढी चीनपछि युरोपका २४ मुलुकमा ३४ सय ४० जनाको मृत्यु भएको हो ।

युरोपियन युनियन (ईयू) ले सबै सदस्य देशहरुमा नाका बन्द गर्ने घोषणा गर्दा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

इटाली ‘लक डाउन’ मा रहँदा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन । बरु संक्रमण बढ्दो अवस्था देखिएको छ । कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाभित्र ३ सय ४५ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २५ सय ५ पुगेको छ ।

स्पेनमा ५ सय ३३ जनाको मृत्यु भएको छ भने ११ हजार ८ सय २६ जना संक्रमित भएका छन् । यस्तै फ्रान्समा १७५ जना, बेलायतमा ७१, नेदरल्याण्डमा ४३, स्विटजरल्याण्डमा २७, जर्मनीमा २६, सनमारिनोमा ११, बेल्जियममा १०, स्वीडेनमा ८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत शनिबार कोरोना भाइरसको ‘इपिसेन्टर’ अब युरोप भएको चेतावनी दिएको थियो । 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here