कोरोनाभाइरस निको पार्ने औषधि पत्ता लगाएको वैज्ञानिकहरुको दावी

0
699

काठमाडौं –  हल्याण्डका वैज्ञानिकहरुको एक समूहले भने कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् ।

वैज्ञानिकहरुको समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा परीक्षण गर्न भने बाँकी नै छ। मानव शरीरमा यसको परिक्षण तत्कालै सुरु भए पनि परिणाम आउन महिनौं लाग्न सक्ने बताइएको इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुले जनाएका छन् ।

उक्त संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट  सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरेको हल्याण्डको इरासमुस म्यागजिनले जनाएको छ ।

उनीहरुले कोरोना भाइरस(कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै  त्यसलाई कोरोना परिवारको भाइरसको रुपमा अर्थ्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here