कोरोनाभाइरसको असरपछि अमेरिकामा राष्ट्रिय संकटकाल

0
465
फाइल तस्वीर

काठमाडौं – कोरोनाभाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि अमेरिकाले अनिश्चितकालिन राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन्।

अमेरिकी सरकारले अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्ने पनि उनले बताएका छन् । सरकारले अब अलग/अलग राज्य सरकारसँग मिलेर काम गर्ने बताउँदै ट्रम्पले सरसफाईमा विशेष ध्यान दिन, अत्यावश्यक बाहेक यात्रा नगर्न र भीडभाडमा नजान आह्वान समेत गरेका छन् ।

आपतकाल कति दिन सम्म रहने भन्नेबारे भने केही पनि खुलाईएको छैन । अमेरिकामा शुक्रबार बेलुकासम्म कोरोनाभाइरसबाट २२ सय ८७ जनामा संक्रमण देखिएको छ । शुक्रबार एकै दिन थप ५ सय ९० जनामा कोरोनाको संक्रमण देखिएको थियो भने ४७ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here