१ सय २३ देशमा कोरोनाको संक्रमण, डब्लूएचओद्वारा विश्वव्यापी महामारी घोषणा

0
826

२९ फागुन, काठमाडौं कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिएपछि विश्वस्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वव्यापी महामारीको घोषणा गरेको छ ।

बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै विश्वव्यापी महामारी घोषणा गरेको हो ।

चीनको वुहानबाट फैलिएको भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए ।

विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् ।

५३ हजार २ सय २७ जनाको उपचार जारी छ । त्यसमध्ये ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ ।अहिलेस्म ३१ सय ६९ जनाको चीनमा मृत्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसको संक्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३/३ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here