साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

0
541

२९ फागुन, काठमाडौं साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको प्रि – क्वाटरफाइनलबाट बाहिरिएको छ ।

एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग समग्रमा ४-२ को हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु मैदानमा जित्नै पर्ने खेलमा लिभरपुल अतिरिक्त समयमा स्पेनिस क्लबसँग स्तब्ध भयो । खेलमा सुरुवाती अग्रता पनि लिभरपुलले लिएको थियो ।

खेलको ४३ औं मिनेटमा जर्जियानो विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० मिनेट समग्रमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको चौंथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।तर, ९७ औं मिनेटमा एट्लेटिकोका मार्कोस लोरेन्टले गोल गर्दै खेल २-१ मा ल्याए ।

१०५ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोले खेल २-२ को बराबरी गर्न सफल भयो । त्यसपछि खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई ३-२ को जित दिलाए ।

एनफिल्डमा उत्कृष्ट पुनरागमन जितसँगै एट्लेटिकोले भने च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ । यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा एट्लेटिकोले १-० को जित निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here