टोटेनहम च्याम्पियन्स लिगबाट बाहरियो

0
457

२८ फागुन, काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार रातिको खेलमा पराजित हुँदै टोटेनहम हट्रपर प्रतियोगिताबाट बाहिरिएको छ ।

अन्तिम १६ को दोस्रो लिगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसंग ३–० ले पराजित हुँदै टोटेनहम प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो लिगको खेलमा लेईपजिगले १–० को अग्रता बनाएको थियो । समग्रमा ४–० को नतिजा सहित जर्मन क्लब जर्मन क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मार्सेल सबित्जरले १० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । २१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए ।बेन्चबाट मैदान छिरेका ईमिल फोर्सबर्गले पहिलो टचमै गोल गर्दै ८७ औ मिनेटमा लाईपेजलाई ३–० को जित दिलाएका थिए ।

पहिलो लिगमा हारे पनि दोस्रो लिगमा आफूलाई पुनरागमन गराउने टोटेनहमको चाहाना चकानाचुर भएसँगै प्रतियोगिताबाट पनि बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here