२८ फागुन, काठमाडौं । बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ ।
कन्जर्भेटिभ पार्टीकी सांसद समेत रहेकी मन्त्री डोरीज कोरोनाभाइरसबाट संक्रमित भएकी हुन् ।संक्रमण देखिएपछि डोरीज घरमै आइसोलेशन जसरी बसेकी छन् ।
कोरोनाभाइरसका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८३ जनामा संक्रमण देखिएको छ ।