भार्डीको उत्कृष्ट प्रदर्शनमा लेस्टरको जीत

0
504

काठमाडौं – जेमी भार्डी र हार्वे बान्र्सको दुई/दुई गोलको सहयोगमा लेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जीत निकालेको छ ।

सोमबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जीतमा भार्डी र हार्वे बान्र्सले समान २–२ गोल गरे ।

बान्र्सले ४० औं मिनेटमा घरेलु टोली लेस्टरलाई खेलमा अगाडी बढाएका थिए । एस्टनका गोलकिपर पेप रैना डिबक्स बाहिर आएको मौकाको फाईदा उठाउँदै उनले गोल गरेका थिए ।

६३ औ मिनेटमा पेनाल्टीमार्फत भार्डीले लेस्टरको अग्रता दोब्बर बनाए ।७९ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाएका थिए । बान्र्सले ८५ औ मिनेटमा गोल गर्दै लेस्टरलाई प्रभावशाल जीत दिलाए ।

प्रिमियर लिगका पछिल्ला ८ खेलमा लेस्टरले दुई खेलमा जीत निकालेको छ । जीतसंगै तेस्रो स्थानको लेस्टरले ५३ अंक जोडेको छ ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here