कोरोनाको जोखिम बढेपछि ८ देशका नागरिकलाई आजदेखि अनअराइभल भिसा बन्द

0
462

काठमाडौं – कोरोनाभाइरसको जोखिम उच्च भएको भन्दै नेपाल सरकारले मंगलबारदेखि विश्वका आठ मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरेको छ।

अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो ।

अध्यागमन विभागबाट जारी विज्ञप्ति

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ ।

अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।

आफू स्वस्थ भएको प्रमाणपत्र पनि ७ दिनभित्रको मितिमा तयार भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यो ब्यवस्था बिदेशबाट नेपाल आउने नेपालीलाई पनि  लागु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here