एड्भान्स अस्पताल दमककमा कोरोना भाईरस सम्बन्धि हेल्प डेस्क स्थापना

0
766

फागुन २६/
एड्भान्स अस्पताल दमकमा कोरोना भाईरस स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थपाना भएको छ । विश्वभरीनै स्वास्थ्यको चुनौति बनेको कोरोनाको संक्रमणको बारेमा नागरिकमा बिभिन्न खाले आसंका रहेको भन्दै अस्पतालले हेल्थ डेस्क स्थापना गरेको अस्पताल सञ्चालक चैतन्य बरालले जानकारी दिनुभयो ।
अस्पताल परिसरमा स्थापना गरिएको हेल्थ डेस्कबाट कोरोना संक्रमणको बारेमा सहि जानकारी र शरिरको तापक्रम जाँच गरिने अस्पतालका सहायक मेडिकल सुपरिटेन्डेन डाक्टर अनिल थापाले जानकारी दिनुभयो । कोरोनको बिषयमा बास्तविकता भन्दा धेरै हल्लाले जनजिवन आतंकित भएको भनै डाक्टर थापाले हेल्प डेस्कमा दक्ष स्वाथ्यकर्मिबाट कोरोनाको बारेमा सहि जानकारीका दिनुका साथै जानकारी मुलक पर्चा वितरण गरिने उहाँले बताउनु भयो । कसैलाई कोरोनाको आशंका भएमा अथवा लक्षण देखिएमा तत्काल सरकारी अधिकारीलाई जानकारी गराई उपचारको व्यवस्था मिलाईने पनि एडभान्स अस्पतालका सहायक मेडिकल सुपरिटेन्डेन डाक्टर थापाले बताउनु भयो ।
भाईरसको जोखिम रोक्न सरसफाईमा ध्यान दिन र हल्लाको पछि नलाग्न उहाँले सबैलाई आग्रह समेत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here