कोरोनाभाइरसको प्रभाव होलीमा पनि, छैन बिगतको जस्तो रौनक

0
527
फाइल तस्वीर

२६ फागुन, काठमाडौं ।  कोरोनाभाइरसको जोखिम उच्च रहेको भन्दै सरकारले होली नखेल्नका लागि गरेको आह्वानका कारण यो बर्षको पहिलो दिनको होलीमा उत्साह देखिएको छैन ।

काठमाडौं उपत्यकासहितका पहाडी जिल्लामा सोमबार होली मनाइरहे पनि विगतका बर्षकहरुको जस्तो रौनक नदेखिएको हो ।

वितका बर्षहरुमा बिहानैदेखि होलीको रौनक देखिने काठमाडौं उपत्यका आज सुनसान जस्कातो देखिएको छ । गल्ली/गल्ली तथा मूल सडकहरुमा मानिसहरुको जमघट असाध्यै कम छ ।

होली खेल्नेहरुले पनि घरपरिवारभित्रै सीमित भएर बिभिन्न रङ तथा अबिर दलेका छन् । होलीका अवसरमा काठमाडौंमा सयौं मानिसहरु भेला भएर हुने गरेका विभिन्न सांगितिक कन्सर्टहरु पनि यो बर्ष रद्द भएका छन् ।

होलीको दुई दिनअघि नै शनिबार विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले होली नखेल्न र सतर्कता अपनाउँन आग्रह गरेको थियो । होली पर्वका अवसरमा विगतमा झैँ भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत गृहमन्त्रालयले अनुरोध गरेको थियो ।

भीडभाडमा जाँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो ।

गृहले निकालेको विज्ञप्तिसरकारी आह्वान र कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि होली खेल्न बाहिर निस्कने सर्वसाधारणको संख्या यो बर्ष कम देखिएको हो ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले नछुएपछि आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा होली पर्व मनाउन थालिएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here