कोरोनाभाइरस संक्रमणका साढे २ महिना : ६० हजार निको भएर घर फर्के

0
738
तस्वीरः सिन्ह्वा

२५ फागुन, काठमाडौं । कोरोनाभाइरसको महामारीले संसार आक्रान्त भइरहँदा सार्वजनिक भएका सूचनाले मानिसहरुको मरेको मात्र भान हुन्छ ।

तर वास्तविकता त्यस्तो छैन र हैन पनि । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अहिलेसम्म कोरोना संक्रमित भएकामध्ये ६० हजार १ सय ९० जना मानिस उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानमा कोरोना संक्रमण देखिएको ३१ डिसेम्बर २०१९ यता ७ मार्च २०२० सम्म १ लाख ६ हजार २ सय ६ जनामा कोरोना संक्रमण देखिएकोमा ९४ प्रतिशत अर्थात ६० हजार भन्दा बढि उपचार पछि घर फर्किएका छन् ।

संक्रमितमध्ये ६ प्रतिशतको मृत्यु भएको छ । ७ मार्चसम्म ३ हजार ६ सय जनाको मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढि चिनियाँ नागरिक रहेका छन् । ३ हजार ९७ जना चिनियाँको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । मृत्यु हुने अरु ५ सय ३ जना १९ वटा मुलुकका नागरिक हुन् ।

चीनमा ८० हजार ६ सय ९६ जनामध्ये ५७ हजार उपचारपछि घर फर्किएका छन् । यस्तै दक्षिण कोरियामा १ सय १८ जना निको भएका छन् । इटालीमा ५ सय ९८, इरानमा १६ सय ६९,  फ्रान्समा १२, जर्मनीमा १८, स्पेनमा ३०, जापानमा ७६ र अमेरिकामा १५ जना निको भएका छन् ।

यस्तै मकाउमा १० जनामा संक्रमण देखिएकोमा १० जना नै उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here