म्यान्चेस्टर युनाइटेडसँग साविक बिजेता सिटी पराजित

0
465

२६ फागुन, काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक बिजेता म्यानचेस्टर सिटी म्यान्चेस्टर युनाइटेडसँग पराजित भएको छ ।

आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।

सिटीका गोलकिपर एडर्सनले खराब प्रदर्शन गरेको खेलमा सिटीका सर्जियो अग्युरोले एक गोल गरेका थिए । तर, उनको गोल भीएआरले अफसाइड देखाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here