मिर्गौला प्रत्यारोपणपछिको तेस्रो दिनः प्रधानमन्त्री ओलीलाई हिँडाउँन थालियो

सात दिनमा डिस्चार्ज

0
894
फाइल फोटो

२३ फागुन, काठमाडौं । मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिन शुक्रबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ ।

शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको र ठोस खानेकुरा पनि खान दिन थालिएको जानकारी दिए ।

प्रधानमन्त्री स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षण अस्पतालका कार्यकारी निर्देशक र प्रमका प्रेस सल्लाहकार

बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने समेत बताएक छन् ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले शुक्रबार नै प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई टेलिफोन गरी आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेकाले छिट्टै काममा फर्कने बताएका हुन् ।

प्रधानमन्त्री ओलीसँग प्रत्यक्षरुपमा भेटघाट गर्न कसैलाई पनि दिइएको छैन । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा छिटो सङ्क्रमण बढ्न सक्ने जनाउँदै भेट गर्न रोक लगाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अपेक्षाकृत ढंगले प्रधानमन्त्रीको स्वास्थ्य सुधार भइरहेकाले सात दिनभित्र अस्पतालबाट फर्काइने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here