कोरोनाभाइरसः १ लाख भन्दा बढि संक्रमित, मृतकको संख्या ३४ सय नाघ्यो

0
516
तस्वीरः एपी

२३ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ सय नाघेको छ ।

विश्वका ९४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् । चीनमा संक्रमित हुनेको संख्या सबैभन्दा धेरै ८० हजार ५ सय ५९ छ ।

चीन बाहेकका १७ देशमा ३ सय ७० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । बेलायतमा पनि एक जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

चीनपछि सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या इटालीमा पुगेको छ । कोरोनाकै संक्रमणबाट इटालीमा अहिलेसम्म एक सय ४८ जनाले ज्यान गुमाएका छन् ।

इटालीमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ५८ पुगेको छ । त्यस्तै इरानमा १ सय २४ जनाले ज्यान गुएमा छन् । इरानमा अहिले सम्म ४ हजार ७ सय ४७ जनामा संक्रमण फैलिएको छ ।

दक्षिण कोरियामा पनि कोरोना संक्रमण फैलने क्रम बढेको छ । अहिलेसम्म ४२ जनाले ज्यान गुमाएका छन् भने ६ हजार ५ सय ९३ जना संक्रमित छन् ।

त्यस्तै अमेरिकामा १५, जापानमा १२, फ्रान्समा ७, स्पेनमा ५, इराकमा ३, हङकङमा २ र अस्ट्रेलियामा पनि २ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरि ताइवान, थाइल्याण्ड, फिलिपिन्स, स्वीटजरल्यान र बेलायतमा एक/एक जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमण ठिक भएर अस्पतालबाट ५६ हजार मानिस घर फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here