कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो, ९६ हजार संक्रमित

0
582
तस्वीरः सिन्ह्वा

२२ फागुन, काठमाडौं । कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३३ सय नाघेको छ ।

कोरोको संक्रमण ८६ मुलुकमा देखिदा संक्रमितको संख्या ९६ हजार भन्दा बढि भएको छ।

कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १३ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

चीनबाहिर १५ वटा मुलुकमा २ सय ९५ जनाको मृत्यु भईसकेको छ । २ सय ९५ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहजमा मृत्यु भएको छ ।

चीन बाहिर सबैभन्दा धेरै इटाली र इरानमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो । इरानमा अरु १५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १ सय ७ नै पुगेको हो ।

मृतकको बढेपछि इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको बीबीसीले जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ । इरानमा ३५ सय १३ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ४० जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ६ हजार ६८ पुगेको छ । अमेरिकामा अरु २ जना संक्रमितको समेत मृत्यु भएपछि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अरु १ सय ५८ जना संक्रमितको अवस्था पनि गम्भिर नै रहेको बताइएको छ ।

जापानमा ६ जना, फ्रान्समा ४ जना, स्पेनमा ३ जना, हङकङ, इराक र अष्ट्रेलियामा २/२ जनाको मृत्यु भएको छ । थाइल्याण्ड, सनमारिनो, फिलिपिन्स ताइवान र स्विटजरल्याण्डमा १/१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १५ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५४ हजार भन्दा बढि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here