आर्मीलाई पराजित गर्दै आयोजक माई भ्याल्ली फाइनलमा प्रवेश

0
448

२२ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लवलाई सडन डेथमा हराउँदै आयोजक माईभ्याली क्लब छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो ।

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर पनि ३-३ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

खेलको ३४ औं मिनेटमा करण राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाए पनि त्यो अग्रता ७ मिनेट भन्दा बढि टिकेन । ४१ औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै आर्मीलाई १-१ को बराबरीमा ल्याएका थिए ।

बराबरीपछिको सडन डेथसम्म पुगेको खेलमा आर्मीलाई पराजित गर्दै आयोजकले फाइनलमा मछिन्द्र फुटबल क्लबसँगको भेट पक्का गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here