मृगौला फेर्न प्रधानमन्त्री ओली अस्पताल भर्ना, सपना अलप हुन नदिने दृढता (भिडियोसहित)

0
1178

१९ फागुन, काठमाडौं । बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ अस्पताल भर्ना भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई भान्जीले मिर्गौला दिने बताइएको छ । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

अस्पताल जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने दृढता व्यक्त गरेका छन् ।

भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले जनतामा जागृत गरिएका सपनालाई बिचैमा अलपत्र पारेर अलप नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीको यसअघि २०६४ साल साउनमा भारतको नया दिल्लीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मोदीको शुभकामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण सफलताको कामना गरेका छन् ।

सोमबार बिहान ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भई शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गरेका छन् ।

 

मोदीले ट्वीटमा ‘भगवान पशुपतिनाथले ओलीको स्वास्थ्य राम्रो पार अझ दीर्घ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले पनि स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री ओलीलाई भेटेर उपराष्ट्रपति पुनले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीको यही बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here