काठमाडौं – स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई नमिठो हार चखाएको छ ।
आईतबार राति रियलले घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडले २ -० गोल अन्तरले हराएको छ ।
एल क्लासिकोमा शानदार जित सहित रियल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको जितमा भिनिसियस जुनियर र मारिनोले एक/एक गोल गरे ।
दोस्रो हाफमा जुनियरले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो । यस्तै, बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मारियानो स्ट्रकले एक गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।
पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । रियलका गोलकिपर थिवाउट कोर्टुवाले दुवैको प्रयासलाई असफल बनाएका थिए ।
जितसँगै रियल ५६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना ५५ अंक सहित दोस्रो स्थानमा छ ।