न्युजिल्याण्डका कोरे एण्डरसन इपीएल खेल्न नेपाल आउँने

0
489

२० फागुन, काठमाडौं । न्युजिल्याण्डका क्रिकेटर कोरे एण्डरसन पनि एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने पक्का भएको छ ।

एण्डरसनले काठमाडौं किङ्स इलाभेनबाट खेल्नेछन् । काठमाडौंले प्रेस विज्ञप्ति निकाल्दै एण्डरसनले ईपीएल खेल्ने जनाएको हो ।

एण्डरसन एकदिवसीय क्रिकेटमा सर्वाधिक चाँडो शतक बनाउने कीर्तिमानी खेलाडी हुन् ।

उनले सन् २०१४ मा वेष्ट इण्डिजविरुद्ध ३६ बलमा ६ चौका र १४ छक्का प्रहार गरेका थिए ।ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म काठमाडौंमा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here