२६ माघ, काठमाडौं । थाइल्याण्डमा एक जना सन्की सैनिकले अन्धाधुन्द गोली चलाएर २६ जनाको हत्या गरेका छन ।
आफू कार्यरत सैनिक शिविरबाट हतियार, गोलीगठ्ठा र बख्तरबन्द गाडी चोरेर शहर पसेका ती सन्की थाई सैनिकले २६ जनाको हत्या गरेका हुन । ५७ जना घाइते भएका छन ।
उनिहरुको अवस्थामा पनि चिन्ताजनक रहेको बताइन्छ । शहरमा उनले व्यापारिक केन्द्रमा पसेर जथाभावी गोली चलाएका थिए ।
गोली चलाउने सैनिक कर्पोरल जाक्रपन्थ थोम्मा रहेको थाई समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षा कारवाहीमा उनी पनि मारिएका छन ।
एउटा घरको विषयलाई लिएर व्यक्तिगत दुश्मनीका क्रममा ती सैनिकले गोली चलाएको हुनसक्ने थाइल्याण्डका सुरक्षाअधिकारीहरुले जनाएका छन ।