आइसीसी विश्वकप क्रिकेट लिग – २ : नेपाल ओमानसँग फेरि पराजित

0
556

२६ माघ, काठमाडौं ।  विश्वकप छनोटको बिन्दु मानिएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ।

त्रिकोणात्मक सिरिज अन्तरगत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा अकिब इलासले अविजित रहँदै १ सय ९ रनको शतकीय इनिङ्स खेले । उनले १ सय ८ बलमा १२ चौका र १ छक्का प्रहार गरे । उनले १०२ बलमा शतक पुरा गरेका थिए । अकिबको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो ।

यस्तै कप्तान जिशन मक्सुदले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै खवर अलीले ४१ रन जोड्दा जितेन्दर सिंहले २३ रन बनाए ।

नेपालका सुशन भारी र कुशल मल्लले १/१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।

नेपालको यो एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षी टिमलाई दिएको सर्वाधिक ठूलो लक्ष्य थियो । तर ब्याटिङ अनुरुपको बलिङ नचल्दा नेपाल ओमानसँग पराजित भएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here