यौन धन्दा गर्ने र गराउने दुई हिरोइन पक्राउ

0
4870

९ माघ, काठमाडौं । आफैं यौन धन्दामा संलग्न हुने तथा अरुलाई पनि त्यसमा सह्रिक गराएर मोटो रकम लिने दुई जना हिरोइनलाई प्रहरीले पक्राउ गरेको छ । सोही अभियोगमा अरु दुई जना एजेन्ट पनि पक्राउ परेका छन ।

भारतको मायानगरीमा होटललाई बुक गरेर यौन धन्दा चलाउने उनिहरुलाई मुम्बइ प्रहरीले बिशेष सूचनाका आधारमा इम्पिरियल होटलमा छापा मारेर पक्राउ गरेको हो । उनिहरुले ग्राहकलाई भनेजस्तो सेवा दिदै सन्तुष्टी गराउने नाममा प्रति रातको एक लाख भारतीय रुपैयाँसम्म लिदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका हिरोइनको पूरा विवरण खुलाइएको छैन । यद्यपी उनिहरु तुर्कमेनिस्तानका नागरिक भएको जनाइएको छ । उनिहरु भारतमा बसेर बलिउड फिल्ममा समेत काम गर्दै आएका थिए ।

पक्राउ पर्ने अरु २ जना एजेन्ट भने जावेद र नावे नाम गरेका रहेका छन । यी दुईले युवतीहरुका लागि ग्राहक ल्याउने काम गर्दै आएको प्रहरीको दावी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here