अग्नि सापकोटा सभामुखको उम्मेद्वारः नेकपा

0
568

५ माघ, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख पदकाे उम्मेद्वार अग्नि सापकोटालाई बनाउने निर्णय गरेको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सभामुखका लागि अग्नि सापकोटालाई उम्मेद्वार बनाउन गरेको सहमतिलाई अनुमोदन गरेको महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो ।

यसअघि पूर्बमाओवादी खेमा र पूर्बएमाले खेमाबीच सभामुख कसलाई बनाउने भन्ने अडानका कारण संसद झण्डै ४ महिनादेखि सभामुखबिहिन थियो । नेकपाले सभामुखका लागि उम्मेद्वार टुंग्याएसँगै एउटै दलबाट सभामुख र उपसभामुख हुन नपाइने संबैधानिक प्राबधानका कारण उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजिनामा दिनुपर्ने भएको छ ।

संसद सचिवालयकी आफ्नै कर्मचारीमाथी बलात्कार प्रयासको आरोपपछि तत्कालिन सभामुख कृष्ण बहादुर महराले गत असोज १४ गते राजिनामा दिएपछि सभामुख पद रिक्त रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here