प्रत्यक्ष चुनाव हारेका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा बिजयी

0
750

९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य बनेका छन ।

गण्डकी प्रदेशबाट अन्यको सूचिमा राखिएका श्रेष्ठले बिहीबार भएको मतदानमा ३ हजार ४ सय ६२ मतभार पाएर राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सूर्यप्रसाद रेग्मी १ हजार २ सय १८ मतभारले पराजित भए । कांग्रेस उम्मेदवार रेग्मीले २ हजार २ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १ सय ९८ मतभार पाए ।

श्रेष्ठ गत प्रतिनिधि सभा चुनावमा गोर्खामा डा.बाबुराम भट्टराईसँग पराजित व्यक्ति हुन । यस्तै गण्डकी प्रदेशबाटै महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले ३ हजार ३ सय ६६ मतभार पाइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here