दातृ निकायले सहयोग गर्न छाडेपछि झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीको दैनिकी कष्टकर

0
682

पुश २९
झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीलाई रोजीरोटी जुटाउन समस्या भएपछि दैनिकी कष्टकर बनेको छ ।
दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लत्ताकपडालगायतका आवश्यक सामग्री दिन छाडेपछि उनीहरूको दैनिकी थप कष्टकर बनेको हो । एकल महिला, वृद्धवद्धा र सहाराविहीन बालबालिका यसको मारमा पारेका छन ।
झापा र मोरङका सात शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम सकिएसँगै शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको जीवनमा समस्याको चाङ थपिएको हो ।
राष्ट्र संघीय शरणार्थी आयोगमार्फत पुनस्र्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रममा गइसकेपछि स्वदेश फिर्तीकै माग राखेर शिविरमा बसिरहेका भुटानी शरणार्थीमा खान, लाउन नै समस्या देखिएको हो ।
मोरङको पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले शिविरमा रहनेमा अधिकांश वृद्धवृद्धा,अशक्त र अपांग रहेकाले उनीहरूलाई आवश्यक खाद्यान्न, लता कपडालगायतका सामग्री नहुँदा उनीहरूको जीवन कष्टकर बनेको बताउनु भयो ।
भुटानी शरणार्थी तेस्रो मुलुक गएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेको छ । यूएचसीआरले वृद्धवृद्धा, अशक्त र अपांग तथा एकल महिलाका लागि भने तीन÷तीन महिनामा सामान्य घर खर्चका लागि उनीहरूको बैक खातामा केही रकम पठाइदिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here