उपसभामुख पदबाट शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराउने नेकपाको निर्णय

तत्कालै नदिने तुम्बाहाङ्फेको अडान

0
515

२६ पौष, काठमाण्डौ । नेकपा सचिवालय बैठकले सभामुख पद आफ्नै पार्टीले लिने मार्ग प्रशस्त गर्न भन्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराउने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्यण गरेसँगै उपसभामुख तुम्बाहाङ्फेलाई राजिनामाका लागि दबाब परेको छ । यद्यपी सभामुखका लागि दाबी गर्दै आएकी तुम्बाहाङ्फेले राजिनामा नदिइ आइतबार राखिएको प्रतिनिधि सभाको बैठक आफैंले संचालन गर्ने अडान लिएकी छन ।

राजिनामा गराउने पार्टीको निर्यण र राजिनामा नदिने उपसभामुखको अडानले मूलतः दुई खेमामा बिभाजित नेकपा अप्ठ्यारोमा परेको छ । यद्यपी पार्टी प्रवक्ता नारायणकाजि श्रेष्ठले उपसभामुखबाट तुम्बाहाङ्फेले राजिनामा नदिनेबारे नसोचिएको बताएका छन ।

गत असोजमा आफ्नै सचिवालयकी एक महिला कर्मचारीमाथी यौन दुर्ब्यवहार गरेको आरोपमा तत्कालिन सभामुख कृष्ण बहादुर महराले राजिनामा दिएसँगै उनि पुर्पक्षका क्रममा डिल्लिबजार कारागारमा रहेपछि सभामुख पद रिक्त छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here