इरान अमेरिका युद्दको खतरा, अमेरिकी सेना इराकबाट तत्काल नफर्किने

0
641

२२ पौष, काठमाण्डौ । इराकमा कार्यरत इरानका एक जना उच्च सैनिक अधिकारी मारिएपछि मध्यपूर्बमा शान्ति खलबलिने खतरा बढेर गएको छ । दुबै पक्ष एकअर्काबिरुद्ध धम्किपूर्ण अभिव्यक्तिबाट गुज्रिरहँदा शान्ति खलबलिने अबस्था बढेको छ ।

इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्यापश्चात् त्यसको प्रतिशोध लिने इरानल चेतावनी दिइरहँदा अमेरिकाले पनि आफ्ना सेना इराकबाट नहटाउने अडान लिएको छ । यसले  इराकमा अमेरिका र इरानकाबीच युद्दको खतरा बढेको बिश्लेषणहरु हुन थालेका छन ।

तस्बिरः बीबीसी

राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गत शुक्रवार सुलेमानीको अमेरिकी सेनाले हत्या गरेपछि  मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ। इरानले आफ्ना सैन्य जेनेरलको हत्याको बदला लिने भन्दै संसदबाट संकल्प प्रस्ताव नै पारित गरिसकेको छ । लगत्तै इराकी प्रधानमन्त्रीले पनि अमेरिकी सेना आफ्नो देशबाट फिर्ता हुनुपर्ने बताएका छन ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने चेतावनी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here