कांग्रेसमा एक पक्षीय निर्णय, १४ औं महाधिवेशन ०७७ फागुनमा

आफ्नो म्याद आफैं थप्दै देउवा

0
525

११ पुष, काठमाण्डौ । पौडेल र सिटौला पक्षधरको बहिष्कारकाबीच नेपाली कांग्रेसको संस्थापन पक्षले १४ औं महाधिवेशन आउँदो बर्षको फागुनमा गर्ने निदो गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत देउवा पक्षधरले अहिलेको कार्यसमितिको म्याद अरु एक बर्ष लम्ब्याउने निर्णय गरेको हो । महाधिवेशनको मिति आगामी बर्षको फागुन ७ देखि १० गतेसम्मका लागि तय गरेको कांग्रेस केन्द्रीय सदस्य डा.डीला संग्रौलाले जानकारी दिइन ।

संग्रौलाका अनुसार बैठकले पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने निर्णय गरेको छ। यो संख्या अझै बढ्न सक्नेछ । तरुण दलको म्याद ६ महिना थप्ने निर्णय पनि बैठकले गरेको छ।
शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको समयावधि आगामी फागुनमा सकिँदैछ। पार्टी विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले कार्यसमितिको म्याद एक वर्ष थप्न सक्ने उल्लेख छ। सोही प्रावधान अनुसार बर्तमान कार्य समितिको म्याद थप गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here