एमसीसीमा नेकपा स्थायी समिति बिभाजित, पौष २३ मा केन्द्रीय समिति

0
537

६ पौष, काठमाण्डौ । अमेरिकी सामरिक महत्वको इण्डो प्यासिफिक रणनीतिकै अंगको रुपमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) भन्ने बिषयले ब्यापकता पाएपछि सो परियोजना अन्तरगतको ५ सय मिलियन अमेरिकी डलर सहयोग लिने या नलिने भन्नेमा नेकपा स्थायी समिति बैठक अनिर्णित भएको छ ।

एक बर्षपछि बसेको स्थायी समिति बैठकमा एमसीसीको  बिषय छिनोफानो हुने ठानिएको थियो । तर बैठकले एमसीसीको समस्या समाधानको जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ । २०७४ सालको भदौमा नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा हस्ताक्षर गरिसकेको छ। त्यही मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) अहिले संसदीय अनुमोदनको पर्खाइमा छ।

एमसीसीअन्तर्गत अमेरिकाले लागु भएको पाँच वर्षमा झन्डै ६० अर्ब रुपैयाँ नेपालको पूर्वाधार विकासको लागि अनुदान दिने उल्लेख छ। सोही समयभित्र नेपाल सरकारले चाहिँ ती पूर्वाधार विकासमा आफ्नोतर्फबाट करि १५ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ।

यस्तै स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक यही पौष २३ मा बोलाउने निर्णय समेत गरेको छ । पार्टी एकतापछि नेकपाको केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here