४ पौष, काठमाण्डौ । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । सभामुखबिनै सुरु भएको हिउँदे अधिवेशनको उपसभामुख शीवमाया तुम्बाहाम्फेले अध्यक्षतामा बसेको हो ।
बैठकको अध्यक्षता गरेकी उपसभामुख तुम्बाहाम्फेले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गरेपछि अधिवेश औपचारिक रुपमा आरम्भ भएको हो ।
शुक्रबार नै राष्ट्रियसभाको अधिवेशन पनि सुरु भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि बैठक सुरु भएको थियो । शुक्रबारको बैठकले विभिन्न समयमा निधन भएका ४ जना पुर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सोही बैठकमार्फत सभामुख चयनको प्रकिया अघि बढ्नेछ ।