दमक नगरपालिकामा निजामती ऐन विपरित प्रमुख प्रशासकीय अधिकृतको तलब बृद्धि , नगर प्रमुख नभएका बेला भएको गैह्रकानुनी निर्णयमा उप प्रमुखको साथ

0
683

पुश ४
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले कार्यपालिका बैठकबाट निर्णय गराएर गैैह्र कानुनी रुपमा आप्mनो तलब बढाएको पाईएको छ । द्वितीय श्रेणीको उपसचिव दरबन्दी रहने दमकमा पहिलो श्रेणीका उपसचिव तिम्सीना प्रमुख प्रशासकिय अधिक्रित र शिक्षा शाखाको प्रमुख दिनेश न्यौपाने दशौ तहका अधिकृत हुनुहुन्छ । ४८ औ कार्यपालिका बैठकबाट नगर प्रमुख नभएको मौकामा उहाँले तलब बढाउने निर्णय गराउनु भएको हो । उक्त गैह्र कानुनी निर्णयमा उप प्रमुखको साथ रहेको पाईएको छ ।
गत असोज ४ गते शनिबार नगर प्रमुख रोमनाथ ओली नभएको समयमा उपप्रमुख गिता अधिकारीको अध्यक्षतामा बसेको बैठकले तिम्सीनाको तलब बढाउने निर्णय गरेको हो । निजामति सेवा ऐन बिपरित कर्मचारीको तलब बढाइएको हो ।
सरकारी तलब अनुसार उहाँको तलब ४० हजार तीन सय ३० रुपैयाँ मात्रै भए पनि उहाँले अहिले मासिक ४७ हजार ३ सय ८० रुपैयाँ तलब पाउनु हुन्छ । तिम्सीनाको तलब गत साउन १ गतेदेखि नै लागू हुने गरि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here