पाकिस्तानी इतिहासकै दुर्लभ फैसलाः पूर्बराष्ट्रपति मुशरर्फलाई मृत्युदण्ड

0
496

१ पौष, एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशरर्फलाई देशद्रोहको आरोपमा लाहौर हाइकोर्टले मृत्युदण्डको फैसला सुनाएको छ ।

दुबइमा उपचारारत मुशर्फलाई मृत्युदण्डको सजाय सुनाइएको हो । न्यायाधीशहरुबीच दण्ड सजायको बिषयमा मत बाझिएपछि बहुमतका आधारमा यस्तो फैसला सुनाइएको बीबीसीले जनाएको छ । मुशरर्फलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो ।

यो मुद्दा सन् २०१३ देखि बिचाराधीन अवस्थामा थियो । पाकिस्तानमा पूर्बराष्ट्रपतिलाई सुनाइएको यो फैसला इतिहासकै पहिलो र दुर्लभ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

यो फैसलाअघि मुशरर्फले केही दिन अघि दुबईबाटै एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्रै जानकारी लिन अनुसन्धान आयोगलाई आग्रह गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here