दमकको भुटानी शरणार्थी शिविरका शरणार्थिहरु विभिन्न उद्यम गरि स्वावलम्बि बन्दै

0
864

मंशिर २५/
दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेका शरणार्थिहरुले विभिन्न उद्यम गर्न सुरु गरेका छन् । अचार बनाउने, च्याउ खेती गर्ने जस्ता उद्यममा शरणार्थि महिलाहरु संलग्न रहेका छन् । बेलडाँगी २ सी १ शिविरमा १४ जना महिलाले भुटानी शरणार्थी महिला स्वावलम्बन समूह गठन गरी अचार उद्योग सुरु गरेका छन् । गत वर्ष कारिटास नेपालले तालिम दिएपछि १४ जनाले एक÷एक हजार रुपैयाँ संकलन गरी लघु उद्योग सञ्चालनमा ल्याएका हुन् । तालिममा १७ जना सहभागी भए पनि उद्यम सञ्चालनमा भने १४ जना सहभागी भएको समूहकी कोषाध्यक्ष बिष्णुमाया गुरुङले जानकारी दिनुभयो । यहाँ उत्पादित अचार पुनस्र्थापनाका क्रममा अमेरिका पुगेका नेपाली भाषी भुटानीहरुले लाने गरेका छन् । अचार उद्योगको नाम र ब्रान्डमा भुटानी राष्ट्रियता जोडेर अचारको ब्राण्डनै ड्रागन राखिएको छ । ड्रागन भुटानको राष्ट्रिय झण्डामा अंकित चिह्न हो ।
यहाँ उत्पादित अचारका लागि बजारको समस्या नभएको उनीहरुको भनाइ छ । उत्पादन स्थलमानै आएर व्यवसायी तथा उपभोक्ताले लैजाने गरेका छन् । त्यसैगरी शरणार्थी शिविरकै ६ जना महिलाले सामूहिक रुपमा च्याउ खेती समेत गर्दै आएका छन् । सुरुमा एक हजार पोकाबाट च्याउ खेती थाले पनि समूहका सदस्यहरुको संख्या घटेपछि पछिल्लो पटक ४०० पोकामा मात्र खेती गरिएको समूहकी सदस्य देवीमाया गुरुङले बताउनु भयो । सुरुमा प्रतिसदस्य एक÷एक हजार रुपैयाँ लगानी गरेर खेती थालेकाहरुले छोटो समयमानै लगानीसहित केही फाइदा पनि उठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here