प्रधानमन्त्री ओलीको एपेन्डीसाइटिसको अप्रेशन सफल, केही दिन अस्पातलमै रहने

0
453

१० मंसिर, काठमाण्डौ ।  पेटमा अकास्मात समस्या देखिएपछि टिचिङ अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसिटिको अप्रेशन गरिएको छ  ।

पेटमा समस्या देखिएपछि मंगलबार बिहान शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस भएको पुष्टि भएपछि सल्यक्रिया गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

तस्बिरः भूपाल लुइटेल

ओलीका एक निजी चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइटिसको अप्रेशन सफल भएको र केही दिनको आरामपछि मात्रै उहाँलाई डिस्चार्ज गरिने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here