नेपाल भ्रमण बर्षको उद्घाटनका कार्यतालिका सार्बजनिक

0
510

९ मंसिर, काठमाण्डौ । सरकारले नेपाल भ्रमण बर्ष सन् २०२० को उद्घाटनका कार्यतालिका सार्बजनिक गरेको छ । उद्घाटन जनवरी १ अर्थात् पुष १७ गते दशरथ रंगशालाबाट हुने भएको छ । जसको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्ने गरीको कार्यतालिका आयोजक समितिले सार्बजनिक गरेको छ ।

सोमबार पर्यटन मन्त्रालयमा बसेको भ्रमण वर्ष आयोजक समितिको पाँचौं बैठकले अभियानको शुभारम्भका लागि पशुपतिनाथ मन्दिरमा १०८ शंखध्वनीबाट उद्घोष गर्ने र दिउँसो रंगशालाबाट उद्घाटन गर्ने तय गरेको हो । सोही दिन विमानस्थलमा पर्यटक स्वागतका लागि हात्तीको पनि उपयोग गरिने भएको छ । सोही दिन सबै प्रदेशमा र जिल्लामा पनि भ्रमण वर्षको उद्घाटन गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here