दमकमा सुरक्षा अवस्था कमजोर , चोरीका घटनामा दैनिक बृद्धि

0
458

मंशिर ७/
दमकमा पछिल्लो समय सुरक्षा व्यवस्था कमजोर हुँदै गएको पाईएको छ । दमकको बजार तथा आसपासका क्षेत्रमा समेत रातैपिच्छे चोरी र लुटपाटका घट्ना भएपछि यहाँको सुरक्षा व्यवस्था कमजोर सावित हुँदै गएको हो । दमक उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष गोपाल गुरागाइँका अनुसार एक सातायता दमकका ३ वटा व्यवसायिक फर्म तथा पसलहरु चोरी भएका छन् ।
गत बिहिबार राती दमक ६ शंखधर चोकस्थित राय पान पसलमा करीब ३५ हजार रुपैयाँ बराबरको सामान तथा दुई वटा खुत्रुके चोरीएको पीडित रमेश रायले बताउनु भयो ।
त्यस अघि बुधबार राती दमककै फाल्गुनन्द चोकमा रहेको स्थानीय पदम दर्नालको सुनचाँदी पसलमा समेत एक तोला सुनसहित ३÷४ केजी चाँदीका सामान चोरी भएको सो क्षेत्रका स्थानीय तथा दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजकुमार योङयाले बताउनु भयो । यस अघि दमक ६ स्थित एउटा रेडिमेड कपडाको पसलमा समेत रातको समयमा चोरी भएको थियो ।
स्थानीय प्रहरी होटल तथा अन्य विभिन्न धन्दाका मानिसहरुसंग हप्ता असुलीमा केन्द्रित हुँदा यहाँको सुरक्षा अवस्था कम्जोर बन्दै गएको दमकबासीहरुको गुनासो छ । बजार क्षेत्रमा सुरक्षाका लागि पर्याप्त ध्यान नदिँदा दशैं तिहारको मौकामा शुरु भएको चोरीका घट्नाहरु श्रृखंलाबद्ध रुपमा भईरहेका स्थानीयको आरोप छ । दमकको भृकुटी चोक, फाल्गुनन्द चोक, क्याम्पसमोड, किराँत चोक लगायतका क्षेत्रमा दिनहुँ जसो दुले चोरीका घट्ना भईरहेपनि प्रहरीको रात्री गस्ती कम्जोर रहेको सर्वसाधारणको बुझाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here